काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकले २९०० बिन्दु पार गरेको छ । आइतबार कारोबार शुरु भएको आधा घण्टामै परिसूचकले २९०० बिन्दु पार गरेको हो । जुन नेपाली पुँजीबजारको इतिहासमै उच्च बिन्दु हो ।
यो समाचार तयार पार्दा(१२ बजेर १३ मिनेट जाँदा) सम्म नेप्से परिसूचक ६०.१० प्रतिशतले बढेर २९१६.८७ बिन्दुमा पुगेको छ ।
त्यस्तै, यो अवधिमा साढे ६ अर्ब बढीको सेयर कारोबार भइसकेको छ । एक घण्टाको अवधिमै २०७ कम्पनीको ६ अब ५९ करोड रुपैयाँ बढीको सेयर किनबेच भइसकेको छ ।
