सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि ऋणपत्र खुल्ला गर्ने, ९ प्रतिशत ब्याज पाइने

<p>काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले आगामी असार ६ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ । बैंकले ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको &#8216;सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७&#8217; को निष्काशन गर्न लागेको हो । १० वर्षे अवधिको उक्त ऋणपत्रमा असार ६ गतेदेखि छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । वार्षिक [&hellip;]</p>

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले आगामी असार ६ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ । बैंकले ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७’ को निष्काशन गर्न लागेको हो ।

१० वर्षे अवधिको उक्त ऋणपत्रमा असार ६ गतेदेखि छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाई एक हजार रूपैयाँ दरमा किन्न पाइनेछ ।

कुल निष्काशन हुने ७ लाख ५० हजार इकाई(युनिट) डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्कासनको माध्मयबाट बिक्री गरिनेछ ।

सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाईमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार युनिट भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ ।

बैंकको ऋणपत्रका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने श्री नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभूत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।

Share News