स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गर्न राजधानीमा खाद्य मेला

<p>काठमाडौं, ८ असार । परम्परागत पोषिला र स्थानिय खाद्य पदार्थको  प्रबद्र्धनका लागि खाद्य मेलाको आयोजना हुने भएको छ । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागको आयोजना र कृषि उद्यम केन्द्र तथा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको सह आयोजनामा असार १० र ११ गते भृकुटीमण्डपमा खाद्य मेलाको आयोजना गर्न लागिएको हो । मेलामा स्थानीय र [&hellip;]</p>

काठमाडौं, ८ असार । परम्परागत पोषिला र स्थानिय खाद्य पदार्थको  प्रबद्र्धनका लागि खाद्य मेलाको आयोजना हुने भएको छ । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागको आयोजना र कृषि उद्यम केन्द्र तथा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको सह आयोजनामा असार १० र ११ गते भृकुटीमण्डपमा खाद्य मेलाको आयोजना गर्न लागिएको हो ।
Market
मेलामा स्थानीय र अल्प प्रचलनमा रहेका पोषिला परिकारहरूको प्रचार प्रसार गर्ने, अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारबारे जानकारी प्रदान गर्ने, स्वदेशी खाद्य उत्पादनको प्रबर्द्धन गर्ने तथा खाद्य पोषणसम्बन्धी विविध जानकारी दिईने खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पुर्णचन्द्र वस्तीले बताए ।

मेलामा विभिन्न जाति, जनजातिका परम्परागत परिकारसहितका १८ स्टल, विभिन्न संघसंस्थाका जानकारी मूलक २४ स्टल र विभिन्न उद्योगहरूबाट उत्पादित खाद्य वस्तु बिक्री वितरण गर्ने गरी ३६ स्टलसहित कुल ७८ स्टल रहने छन् ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलाले खाने बानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषणसम्बन्धी जनचेतना बढाउन सहयोग पुग्ने वस्तीले बताए ।

Share News