सिटिजन लाइफको अनलाईन बीमा दाबी सेवा सजिलो, २ दिनमै हस्तान्तरण गर्यो मृत्यु दाबी रकम

<p>काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केही दिन अघि मात्र &#8216;डिजिटल सिटिजन&#8217; अभियान अन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको थियो । जसमा बीमितका अभिकर्ताले अनलाईनबाटै दाबी प्रकृया अगाडि बढाएका थिए र सो अनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई कार्य दिनमै प्रदान गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टीकापुर शाखाबाट बीमा गरेकी, टीकापुर नगरपालिका [&hellip;]</p>

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केही दिन अघि मात्र ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको थियो । जसमा बीमितका अभिकर्ताले अनलाईनबाटै दाबी प्रकृया अगाडि बढाएका थिए र सो अनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई कार्य दिनमै प्रदान गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टीकापुर शाखाबाट बीमा गरेकी, टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने श्रीमति शोभा कुमारी बमको हालसालै कोरोनाको कारण टीकापुर अस्पतालमा मृत्यु भएको थियो । लकडाउनको समयमा उनका श्रीमान धुर्ब खत्रीलाई सिटीजन लाइफ इन्स्योरेन्समा गरेको जीवन बीमाको दाबी फर्छौट भरपाइमा हस्ताक्षर गराउन घरसम्म पुगेका क्षेत्रीय शाखा प्रमुख केशव राज गिरीले उल्लेखित लाभ रकम १० लाख रूपैयाँ, बोनस रकम ३५ हजार रूपैयाँ तथा काजकृया खर्च बापत ५० हजार रूपैयाँ गरि जम्मा १० लाख ८५ हजारको रकम दाबीकर्ता  धुर्ब खत्रीको बैंक खातामा अनलाइन मार्फत जम्मा गरिएको र सोको निस्सा दाबीकर्तालाई हस्तान्तरण गरेको जानकारी गराए । बीमितले एक किस्ता बराबरको ७८ हजार ७ सय रूपैयाँ जम्मा गरेका थिए । रकम बिमितको खातामा जम्मा भइसकेको कुरा बीमितका धुर्ब राज खत्रीले जानकारी गराए ।

कम्पनीले परिवारका सदस्यलाई बीमा वापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उल्लेख गरे । उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनुपर्नेमा जोड दिए । उनले बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालालाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताए । साथ साथै कोरोना भाइरसले गर्दा निम्तिएको यस विषम परिस्थितीमा सबैलाई सावधान र सुरक्षित रहन सुझाब दिएका छन् ।

हालको असहज परिस्थिती एवम् आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन थालिएको यस अभियान कम्पनीका सेवाग्राहीले निकै रुचाएका छन् ।

Share News