असार मसान्तसम्म नसकिने भयाे कोटेश्वर-जडीबुटी सडक विस्तार

<p>teshworकाठमाडाैं । कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तारको काम यसै आर्थिक वर्षको अन्त्यसम्मका लागि सम्पन्न गर्ने लक्ष्य राखिएता पनि सम्पन्न हुन नसक्ने भएको छ । सरकारले कोटेश्वर–जडीबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि कोटेश्वर–जडीबुटी सडकखण्डको विस्तारको काम अघि बढाएको थियो । यसै आर्थिक वर्षको असार मसान्तसम्म सक्नेगरी काम थाले पनि कोभिड–१९ को कारणले निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो [&hellip;]</p>

teshworकाठमाडाैं । कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तारको काम यसै आर्थिक वर्षको अन्त्यसम्मका लागि सम्पन्न गर्ने लक्ष्य राखिएता पनि सम्पन्न हुन नसक्ने भएको छ । सरकारले कोटेश्वर–जडीबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि कोटेश्वर–जडीबुटी सडकखण्डको विस्तारको काम अघि बढाएको थियो ।

यसै आर्थिक वर्षको असार मसान्तसम्म सक्नेगरी काम थाले पनि कोभिड–१९ को कारणले निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो ।

टुन्डी सुसन जेभी निर्माण कम्पनीेले ७ करोड रुपैयाँमा २०७८ सालको असार सम्ममा निर्माण कार्य सम्पन्न गर्नेगरी जिम्मा लिएको थियो । हालसम्म निर्माणको ६० प्रतिशत मात्रै काम सकिएको े सडक डिभिजन काठमाडौंका प्रमुख ई. कुवेर नेपालीले बताए । निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न अवरोध आएको उनले बताए ।

मौसम राम्रो भएमा यसै आर्थिक वर्ष भित्रमा कोटेश्वरबाट जडीबुटीतर्फ जाँदाको दाहिने तर्फको बिस्तारीत ३ लेन बराबर कालोपत्रे गर्ने साथै हरियाली क्षेत्र र फुटपाथ बनाइसक्ने र देव्रे तर्फ एउटा नीजि घरको मुआब्जा सम्बन्धी कानुनी समस्याका कारण अल्झिएका काम भने सम्पन्न गर्ने प्रमुख नेपालीले बताए ।

Share News