स्थगित भएको सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा असार २३ गते हुने

<p>काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले यसअघि स्थगित गरेको वार्षिक साधारणसभा आगामी असार २३ गते भएको छ । इन्स्योरेन्सले सो दिन बिहान १०ः३० बजे कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नो तेश्रो वार्षिक साधारणसभा गर्ने भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक [&hellip;]</p>

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले यसअघि स्थगित गरेको वार्षिक साधारणसभा आगामी असार २३ गते भएको छ । इन्स्योरेन्सले सो दिन बिहान १०ः३० बजे कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नो तेश्रो वार्षिक साधारणसभा गर्ने भएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।

त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकलाई निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

यसअघि कम्पनीले गत जेठ ११ गते वार्षिक साधारणसभा डाकेको थियो । तर कोरोनाको महामारी बढेर काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै इन्स्योरेन्सले उक्त सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको थियो ।

Share News