काठमाडाैं । खल्ती डिजिटल वालेटले खल्ती एप भित्रै भोटिंग मार्फत जारी यूरो कप-२०२० को दैनिक खेलको परिणाम अनुमान गरी २५ हजार नगद तथा दैनिक क्यासब्याक कुपनहरु जित्ने अवसर ल्याएको छ ।
खल्ती डिजिटल वालेटले ल्याएको यस योजनामा नि:शुल्क भोट गरी जोकोही सहभागी हुन सक्नेछन् । सहभागीहरुले खल्ती आइडी नभएको खण्डमा आफ्नो खल्ती आइडी बनाइ केवाइसी भेरिफाइ गराएको हुनपर्नेछ ।
त्यसैगरी भोटको साथै सहभागीहरुले खल्तीमा हरेक दिन आफ्नो लिंक गरिएको बैंक अकाउन्टबाट कम्तिमा रु. २०० लोड गर्नुपर्ने हुन्छ। साथै लोड गर्दा रिमार्कस सेक्सनमा EURO2020 अनिवार्य रुपमा लेख्नुपर्नेछ।
सहि उत्तर दिने थप १० जनाले हरेक दिन ५० प्रतिशत छुट कुपन कोड जित्ने मौका पनि पाउनेछन् ।
सहभागीहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त योजना संचालनमा ल्याएकाे खल्ती डिजिटल वालेटका ब्राण्ड एण्ड मार्केटिंग म्यानेजर शिरिष श्रेष्ठले बताए । यस योजना मार्फत फुटबल प्रेमीहरुले मनोरन्जनका साथै आकर्षक पुरस्कार जित्ने मौका पाउने उनले बताए ।
कम्पनीले कुनै पनि किसिमको अनलाइन सट्टेबाजीको प्रचार प्रसारको निन्दा गर्ने जनाएकाे छ ।
भोट गर्नका लागि Khalti.com मा गई बुकिंङ्ग सेक्सनमा रहेको भोट आइकन मा गई तिन स्टेप्समा सहजै गर्न सकिन्छ।