नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

<p>काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । असार ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद(कर प्रयोजनार्थ समेत) गरी २० प्रतिशत [&hellip;]</p>

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । असार ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद(कर प्रयोजनार्थ समेत) गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल सरकार र नियामक निकाय बीमा समितिले स्वीकृत गुर्नपर्छ । त्यसपछि कम्पनीको साधारणसभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । १६.५० प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्ने छ ।

Share News