काठमाडौं । नेको इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन आफ्नो २५ औं वार्षिक साधारण सभा डाकेको हो ।
सभाले सेयरधनीलाई १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
सभामा जाने प्रयोजनको लागि संस्थाले असार १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै असार १७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।