भेस्पा र अप्रिलिया स्कुटरले ल्याए मनसून अफर, खरिदमा नगदसहित २ वर्षको कर छुट

<p>काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्स प्रालिले मनसून अफर शुरु गरेको छ । यस अन्तर्गत यी दुई ब्रान्डका कुनै पनि स्कुटर किन्दा ५ हजार रुपैयाँ नगद छुट, २ आर्थिक वर्षको सवारी कर छुटका साथै रेनकोट, स्कूटर छोप्ने कवर र अफिसियल हेल्मेट समेत पाइने छ । साथै, ग्राहकको सुबिधालाई [&hellip;]</p>

काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्स प्रालिले मनसून अफर शुरु गरेको छ । यस अन्तर्गत यी दुई ब्रान्डका कुनै पनि स्कुटर किन्दा ५ हजार रुपैयाँ नगद छुट, २ आर्थिक वर्षको सवारी कर छुटका साथै रेनकोट, स्कूटर छोप्ने कवर र अफिसियल हेल्मेट समेत पाइने छ ।

साथै, ग्राहकको सुबिधालाई मध्येनजर गर्दै शुन्य प्रतिशत ब्याजदरमा पनि ग्राहकले स्कूटर खरिद गर्न सक्ने छन् जसमा ग्राहकले कुनै पनि ब्याज तिर्नुपर्ने छैन ।

नेपाली बजारमा प्रिमियम लुक र फरक पहिचानको रुपमा भेस्पा र अप्रिलिया स्कुटर उपलब्ध छन् । भेस्पाका स्कुटर विभिन्न ९ मोडलमा उपलब्ध छन् भने अप्रिलियाका ५ मोडल एसयक्सआर १६०, एसआर १५० रेस, एसआर १५०, एसआर १२५ र अप्रिलिया स्ट्रोम १२५ छन् ।

Share News