काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडको ७ लाख ७० हजार २६३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ । आज (असार १६ गते) बुधबार संस्थाको सो मात्राको सेयर सर्वसाधारणमा परिणत भएको हो ।
यससँगै संस्थाको संस्थापक र सर्वसाधारणको सेयर हिस्सा ५२ः४८ अनुपात कायम भएको छ ।