नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको १५.५० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १४२९ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १४२९ रुपैयाँबाटै शुरु हुने छ । यसअघि इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता [&hellip;]</p>

काठमाडौं । नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको १५.५० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १४२९ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १४२९ रुपैयाँबाटै शुरु हुने छ । यसअघि इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता १६५० रुपैयाँमा भएको थियो ।

Share News