२० वटा वाणिज्य बैंकलाई ८ विकास बैंकले उछिने

<p>काठमाडौं । नेपाली सेयर बजारमा वाणिज्य बैंकहरुको तुलनामा विकास बैंकहरुको सेयर मूल्य निकै माथि देखिएको छ । वाणिज्य बैंकहरुको तुलनामा विकास बैंकहरुमा लगानीकर्ताको आकर्षण बढ्दा विकास बैंकहरुको सेयर वाणिज्य बैंकहरुको तुलनामा माथि देखिएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति पाएका २० वटा वाणिज्य बैंकहरुको तुलनामा ‘ख’ वर्गको अनुमति पाएका ८ विकासहरुको सेयर मूल्य [&hellip;]</p>

काठमाडौं । नेपाली सेयर बजारमा वाणिज्य बैंकहरुको तुलनामा विकास बैंकहरुको सेयर मूल्य निकै माथि देखिएको छ । वाणिज्य बैंकहरुको तुलनामा विकास बैंकहरुमा लगानीकर्ताको आकर्षण बढ्दा विकास बैंकहरुको सेयर वाणिज्य बैंकहरुको तुलनामा माथि देखिएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति पाएका २० वटा वाणिज्य बैंकहरुको तुलनामा ‘ख’ वर्गको अनुमति पाएका ८ विकासहरुको सेयर मूल्य बढेकाे छ । असार १७ गते बिहीबारको सेयर मूल्यलाई हेर्दा विकास बैंकहरुको न्यूनतम सेयर मूल्य ३ सय ३२ रुपैयाँ रहेको छ भने सबैभन्दा बढी सेयर मूल्य ७ सय ८१ रुपैयाँ छ ।

यस्तै, वाणिज्य बैंकहरुको सबैभन्दा कम सेयर मूल्य १ सय ७१ रुपैयाँ रहेको छ । असार १७ गतेको सेयर बजार अनुसार विकास बैंकहरुमा सबैभन्दा बढी सेयर मूल्य एक्सले डेभलपमेन्ट बैंकको छ । सो बैंकको सेयर मूल्य ७ सय ८१ रहेको छ ।

यस्तै, दोस्रोमा रहेको कर्पोरेट डेभलपमेन्ट बैंकको ७ सय ३१, नारायणी डेभलपमेन्ट बैंकको ६ सय ५४, मुक्तिनाथ विकास बैंकको ६ सय ३२, लुम्बिनी विकास बैंकको ५ सय ७८, मितेरी डेभलपमेन्ट बैंकको ५ सय ५९, कामना सेवा विकास बैंकको ५ सय २६ र गरिमा विकास बैंकको ५ सय २० रुपैयाँ रहेको छ ।

यस्तै, २० वटा वाणिज्य बैंकहरुको सेयर मूल्य ८ वटा वाणिज्य बैंकहरुको तुलनामा कम छ । वाणिज्य बैंकहरुमा नबिल बैंकको सबैभन्दा बढी १२ सय ९६ रुपैयाँ सेयर मूल्य छ । यस्तै, एनआईसी एशिया बैंकको ९ सय ११, एभरेष्ट बैंकको ७ सय ३० र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५ सय ८९ रुपैयाँ सेयर मूल्य रहेको छ । यी ४ चार बैंक वाहेक सबै वाणिज्य बैंकहरुको सेयर मूल्य ८ वटा विकास बैंकहरुको तुलनामा कम छ ।

सबैभन्दा कम सेयर मूल्य भएको वाणिज्य बैंक भने सिभिल बैंक देखिएको छ । जसको सेयर मूल्य २ सय ८५ रुपैयाँ मात्रै रहेको छ ।
३ सयदेखि ४ सयसम्म सेयर मूल्य भएका विकास बैंकहरुको संख्या पाँच, ४ सयदेखि ५ सयसम्म सेयर मूल्य भएका विकास बैंकहरुको संख्या तीन वटा र ५ सयदेखि ७ सय ८१ रुपैयाँ सेयर मूल्य भएका विकास बैंकहरुको संख्या ८ वटा रहेको छ ।

यस्तै, १ सयदेखि ४ सयसम्म सेयर मूल्य भएका वाणिज्य बैंकहरुको संख्या १० वटा, ४ सयदेखि ५ सयसम्म सेयर मूल्य भएका वाणिज्य बैंकहरुको संख्या १० वटा र ५ सयदेखि १२ सय ९५ रुपैयाँसम्म सेयर मूल्य भएका वाणिज्य बैंकहरुको संख्या ४ वटा रहेको छ ।

Share News