पौने १२ लाखले भरे मनकामना स्मार्ट लघुवित्तको आईपीओ

<p>काठमाडौं । हालसम्म पौने १२ लाख जना आवेदकले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ भरेका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार दिँउसो ३ बजेसम्ममा ११ लाख ७९ हजार ७१२ जना आवेदकले आवेदन दिएका हुन् । क्यापिटलका अनुसार सेयर निष्काशन गरेको आज(असार १८ गते) दोश्रो दिनसम्ममा १ करोड ५७ लाख २० [&hellip;]</p>

काठमाडौं । हालसम्म पौने १२ लाख जना आवेदकले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ भरेका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार दिँउसो ३ बजेसम्ममा ११ लाख ७९ हजार ७१२ जना आवेदकले आवेदन दिएका हुन् ।

क्यापिटलका अनुसार सेयर निष्काशन गरेको आज(असार १८ गते) दोश्रो दिनसम्ममा १ करोड ५७ लाख २० हजार १२० कित्ता सेयर माग भइसकेको छ ।

जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ४६.७२ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री खुला गरेकाे हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गरेकाे हाे । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएकाे हाे ।

यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार १७ गतेदेखि २१ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Share News