बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिने विषयमा छलफल नै गरेको छैनः पौडेल

<p>काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले समितिले कुनै पनि नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय नगरेको बताएका छन् । बजारमा हल्ला आएको जस्तो समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबिमा कम्पनीलाई इजाजत दिने निर्णय नभएको उनले जानकारी गराएका हुन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यससम्बन्धी कुनै [&hellip;]</p>

काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले समितिले कुनै पनि नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय नगरेको बताएका छन् । बजारमा हल्ला आएको जस्तो समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबिमा कम्पनीलाई इजाजत दिने निर्णय नभएको उनले जानकारी गराएका हुन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यससम्बन्धी कुनै पनि काम कारवाही समेत नगरेको स्पष्ट पारेका छन् ।

पछिल्लो समय समितिले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिँदै भन्ने हल्ला बजारमा आएसँगै समितिले त्यसमा ध्यानाकर्षण गराउँदै ती हल्ला समितिलाई विवादमा पार्ने मनसायले गरिएको ठहर गरेको छ ।

Share News