काठमाडौं । डाबर नेपालले नेपालकै पहिलो फोर्टिफाइड जुस बजारमा ल्याएकाे छ ।कम्पनीले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्याउनको लागि नयाँ जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’ बजारमा ल्याएकाे हाे ।
याे नेपालकै पहिलो फोर्टिफाइड जुस हो । कम्पनीले वर्षौैंदेखि नेपाली बजारमा आफ्नो उच्चस्तरीय उत्पादनहरुद्वारा ग्राहकहरुको विश्वास जित्दै आएको छ ।
फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भए पनि नेपालको लागि यो नयाँ उत्पादन रहेकाे कम्पनीले जानकारी दिएकाे छ । कम्पनीकाे अनुासर परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता बारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको हाे ।
डाबर नेपालका प्रमुख एच.एस. बेदीले रियल इम्यूनो म्याङ्गो प्लस स्वास्थ्य प्रवर्धक र ज्यादै मीठो आँपको जुस रहेकाे बताए ।
‘रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्ककले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्दछ । यति मात्र होइन, यो जुस आँपको मीठो स्वादमा आउने भएकोले यसमा टेष्ट र हेल्थ दुवै पाइन्छ,’ उनले भने ।
डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र. गोर्खालीकाे अनुसार प्रोडक्ट डेभलप्मेन्टको दौरानमा गरिएको ब्लाइन्ड टेष्ट पनि उपभोक्ताहरुले रियल इम्यूनो म्याङ्गो प्लसलाई पाँचै सेन्सोरियल मापदण्डमा उच्चतम मूल्याङ्कन गरेकाे छ ।
यस फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य ३० र १ लिटर प्याकको मूल्य २५० कायम गरिएको कम्पनीले जानकारी दिएकाे छ ।