काठमाडौं । आईतबार दुई संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्था र सांग्रिला डेभलपमेन्ट बैंकको एकैदिन बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये मिर्मिरे लघुवित्तको ९.१९९८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको ३ लाख ६४ हजार ४४८ कित्ता सेयर नेप्सेमा थपिएको हो ।
त्यस्तै, सांग्रिलाको ५ प्रतिशत अर्थात १३ लाख ३ हजार ३२० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
यससँगै यी दुबै संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, त्यसपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।