काठमाडौं, १५ असार । नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघको अध्यक्षमा जीवन नेपाली निर्वाचित भएका छन् ।
संघको ७ औं वार्षिक साधारण सभाले नेपालीको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो ।
उनी एसके सुजका सञ्चालक समेत हुन् ।

बासु नेपाली बरिष्ठ उपाध्यक्ष बनेका छन भने प्रकास रोक्कालाई उपाध्यक्षको जिम्मेवारी दिईएको छ । हरेराम बोगटीले महासचिवको जिम्मेवारी प्राप्त गर्दा राजेश बिसंखे कोषाध्यक्ष बनेका छन । सचिवको जिम्मेवारी भने दिलकुमार बिसंखेले हात पारेका छन् । त्यसै गरि कार्य समिति सदस्यहरुमा सान्नबाबु बोगटी, कुमार मग्राती, रमेश रोक्का, प्रलाद बोगटी र विकास पुर्कुटी चयन भएका छन् । अन्य दुई जना संघले पछि मनोनित गरिने जनाएको छ ।
सम्पन्न गरेको छ । संघको सातौँ औं वार्षिक साधारण सभामा व्यापार तथा निकासि प्रवर्दन केन्द्रका कार्यकारि निर्देशक ईश्वरी प्रसाद घिमिरे, नेपाल घरेलु तथा साना उद्योग महा संघका अध्यक्ष श्याम गिरि, नेपाल हस्तकला महासंघका उपाध्यक्ष रत्नेश्वरी श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।