सिमरामा जगदम्बाकाे सुपर शाइन तथा ग्याल्भा प्लसको फ्याक्ट्री उद्घाटन

<p>काठमाडाैं । जगदम्बा स्टील्सकाे सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन भएकाे छ । कम्पनीका संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले फ्याक्ट्रीको उद्घाटन गरेका छन् । बाराकाे सिमरामा अवस्थित उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री डिजाईन, जडानकार्य,  कम्पनीका भाईस् प्रेसिडेण्ट प्रभात मिश्राले गरेका हुन् । उनी ग्याल्भालुम् तथा कलर कोटिङ्घ उत्पादन प्रविधिका विज्ञ पनि हुन् । [&hellip;]</p>

काठमाडाैं । जगदम्बा स्टील्सकाे सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन भएकाे छ ।

कम्पनीका संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले फ्याक्ट्रीको उद्घाटन गरेका छन् ।

बाराकाे सिमरामा अवस्थित उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री डिजाईन, जडानकार्य,  कम्पनीका भाईस् प्रेसिडेण्ट प्रभात मिश्राले गरेका हुन् । उनी ग्याल्भालुम् तथा कलर कोटिङ्घ उत्पादन प्रविधिका विज्ञ पनि हुन् ।

जगदम्बा स्टील्सले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्ता पाता भित्र्याउने तीव्र तयारी गरिरहेको कम्पनीले केही समय यता जानकारी दिँदै आएको थियो । जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने मिश्र बताउँछन् ।

विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो ।

नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युम लाईन प्रविधिबाट उत्पादन हुुने जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस अन्य साधारण जस्ता पाताको तुलनामा अत्यधिक मजबुत र टिकाउ हुने कम्पनीकाे दाबी छ ।

Share News