११ लाख बढीले भरे युनियन लाइफ इन्स्योरेन्सको आईपीओ

<p>काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्म ११ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज(असार २५ गते) दिउँसो साढे ३ बजेसम्ममा ११ लाख २८ हजार ३ सय ८४ जनाले आवेदन दिएका हुन् । यो अवधिसम्ममा उनीहरुले १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम [&hellip;]</p>

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्म ११ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज(असार २५ गते) दिउँसो साढे ३ बजेसम्ममा ११ लाख २८ हजार ३ सय ८४ जनाले आवेदन दिएका हुन् ।

यो अवधिसम्ममा उनीहरुले १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन कम्पनीले जारी गरेको भन्दा ३.२७ गुणाले बढी हो ।

इन्स्योरेन्सले असार २४ गतेदेखि कूल ६४ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । त्यसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर निष्काशन गरिएको छ ।

यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।

सम्बन्धित समाचार

यूनियन लाइफले आईपीओबाट उठेको ३५ प्रतिशत रकम पूँजी बजारमा लगानी गर्ने

Share News