मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँडको मिति र समय तोकियो

<p>काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन गर्ने मिति र समय तय भएको छ । उक्त आईपीओ बाँडफाँड भोलि (असार २८ गते) हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटको केन्द्रिय कार्यालमा हुने भएको हो । क्यापिटलका अनुसार उक्त आईपीओ भोलि बिहान साढे ९ बजे हुने भएको छ । इन्स्योरेन्सले गत असार १७ [&hellip;]</p>

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन गर्ने मिति र समय तय भएको छ । उक्त आईपीओ बाँडफाँड भोलि (असार २८ गते) हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटको केन्द्रिय कार्यालमा हुने भएको हो ।

क्यापिटलका अनुसार उक्त आईपीओ भोलि बिहान साढे ९ बजे हुने भएको छ ।

इन्स्योरेन्सले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । जसमा २० लाख बढीले आवेदन दिएका छन् । अन्तिम दिन साँझ साढे ५ बजेसम्मको तथ्यांकअनुसार कूल २० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड ६५ लाख ७४ हजार ०५० कित्ता सेयर माग गरेका छन् । उक्त आवेदन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा गुणा बढी हो ।

जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ७९.९७ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो ।

Share News