एनएलजी इन्स्योरेन्स साधारण सभामा जाँदै, तोक्यो बुक क्लोजको मिति

<p>काठमाडौं । एनएलजी इन्स्योरेन्स आगामी साउन २१ गते वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि संस्थाले आगामी साउन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय असार २७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । सभाले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्दै छ [&hellip;]</p>

काठमाडौं । एनएलजी इन्स्योरेन्स आगामी साउन २१ गते वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि संस्थाले आगामी साउन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय असार २७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।

सभाले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्दै छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ पुग्ने छ ।

Share News