अब एलआईसी नेपालको बीमाशुल्क इसेवाबाट तिर्न सकिने

<p>काठमाडौं । अब लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालकाे बीमाशुल्क इसेवा मार्फतबाट तिर्न सकिने भएकाे छ । एलआईसी र इसेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीसम्बन्धी शुक्रबार सम्झौता भएको हाे । सम्झौतापत्रमा एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद दास र इसेवाका साजन महर्जनले हस्ताक्षर गरेका छन् । बीमितहरुले बीमाशुल्क तिर्दा सबैभन्दा पहिला एलआईसी नेपालको वेभसाइटमा गएर अनलाईन प्रिमियम भुक्तानीमा क्लिक [&hellip;]</p>

काठमाडौं । अब लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालकाे बीमाशुल्क इसेवा मार्फतबाट तिर्न सकिने भएकाे छ ।

एलआईसी र इसेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीसम्बन्धी शुक्रबार सम्झौता भएको हाे । सम्झौतापत्रमा एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद दास र इसेवाका साजन महर्जनले हस्ताक्षर गरेका छन् ।

बीमितहरुले बीमाशुल्क तिर्दा सबैभन्दा पहिला एलआईसी नेपालको वेभसाइटमा गएर अनलाईन प्रिमियम भुक्तानीमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफ्नो पोलिसि नम्बर, जन्म मिति र इमेल ठेगाना राखेर लग इन गर्नुपर्छ ।

साे प्रकृया पुरा गरिसकेपछ बीमितिले इसेवामा क्लिक गरेर प्रिमियम रकम तिर्नसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीकाे अनुसार इसेवामार्फत आफ्नो खाता लिंक गरि सजिलै बिना झन्झट, जुनसुकै समयमा रकम तिर्न मिल्दा ग्राहकको समय बचत हुने तथा कारोबारसमेत थप सुरक्षित हुनेछ ।

Share News