भ्यागुताको धार्नी पुर्याउनै गाह्रो (कविता)

<p>आफ्नै हुन् भनो यस्सो फकायो ठुस्स पर्छन् ए आइदेओन भनो मान्दैनन् खाइदेओन भनो मान्दैनन् आफ्नैले धोका दिँदा छिमेकी गुहार्नै परो यताका बटुलो उताका बटुलो मलाई अलि धेरै चाहियो भन्दिछन् मलाई अलि राम्रो चाहियो भन्दिन्छन् फेरी यता मिलायो फेरी उता मिलायो अन्त्यमा घर मुलिसंग सोधेको मानेनन् भन्दिन्छन् बल्ल बल्ल पुगे पुगे जस्तो हुन्छ अब कोरम पुग्ला पुग्ला [&hellip;]</p>

आफ्नै हुन् भनो
यस्सो फकायो
ठुस्स पर्छन्
ए आइदेओन भनो मान्दैनन्
खाइदेओन भनो मान्दैनन्

आफ्नैले धोका दिँदा
छिमेकी गुहार्नै परो
यताका बटुलो
उताका बटुलो
मलाई अलि धेरै चाहियो भन्दिछन्
मलाई अलि राम्रो चाहियो भन्दिन्छन्

फेरी यता मिलायो
फेरी उता मिलायो
अन्त्यमा
घर मुलिसंग सोधेको
मानेनन् भन्दिन्छन्
बल्ल बल्ल पुगे पुगे जस्तो हुन्छ
अब कोरम पुग्ला पुग्ला जस्तो भो

भोज खाम न त भनो
के मिल्दैन मिल्दैन
आखिर
सबै भ्यागुता न परियो
बुरुक्क उफ्रिदिन्छन्
सत्ता चलाउनै गाह्रो
भ्यागुताको धार्नी पुर्याउनै गाह्रो

Share News