माछापुच्छ्रे बैंक र जनता बैंकको सेयर कारोबार खुला गर्ने विषयमा राष्ट्र बैंकभित्र विवाद, किन लेखिएन माईन्यूट ?

<p>काठमाडौं, २२ असार । ‘माछापुच्छ्रे बैंक र जनता बैंकको सेयर कारोबार खुला गर्न राष्ट्र बैंकले मानेन, लाखौं सेयरधनीको विचल्ली’ शिर्षकमा समाचार प्रकाशित भएपछि सरोकार राख्ने धेरैले फोन गरे । सोमबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकमा दुई बैंकबीच मर्ज तोडिएको विषय अनुमोदन गर्ने प्रस्ताव थियो, निर्णय के भएछ ? जिम्मेवार व्यक्तिहरुले यहि प्रश्न गर्न थाले [&hellip;]</p>

काठमाडौं, २२ असार । ‘माछापुच्छ्रे बैंक र जनता बैंकको सेयर कारोबार खुला गर्न राष्ट्र बैंकले मानेन, लाखौं सेयरधनीको विचल्ली’ शिर्षकमा समाचार प्रकाशित भएपछि सरोकार राख्ने धेरैले फोन गरे । सोमबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकमा दुई बैंकबीच मर्ज तोडिएको विषय अनुमोदन गर्ने प्रस्ताव थियो, निर्णय के भएछ ? जिम्मेवार व्यक्तिहरुले यहि प्रश्न गर्न थाले ।

nrbयस विषयमा राष्ट्र बैंकमा अधिकारीहरु  स्पष्ट कुरा गर्न चाहेनन् । ‘माछापुच्छ्रे र जनता बैंकको मर्ज तोडिएको विषय सम्बन्धि प्रस्ताव थियो । तर निर्णयबारे जानकारी छैन’ सम्बन्धित विभागको उच्च अधिकारीहरुले भने ।

‘तपाईले उठाउनु भएको विषयमा कुनै निर्णय भएको मलाई जानकारी छैन’ राष्ट्र बैंकमा प्रवक्ता त्रिलोच पंगेनीले मंगलबार साँझ विकासन्यूजसँग भने–‘अहिलेसम्म दुबै बैंकको सेयर कारोबार खुला गर्न राष्ट्र बैंकले स्वीकृति दिएको पनि छैन ।’

तर राष्ट्र बैंकमा सहायक प्रवक्त राजेन्द्र पण्डितले माछापुच्छ्रे र जनता बैंकबीच मर्ज प्रक्रिया तोडिएको विषयलाई राष्ट्र बैंकले इन्ड्रोर्स  गरेको बताए । ‘राष्ट्र बैंकले बलजफ्ती मर्ज गराउन सक्दैन । दुबै बैंकले हामी मर्ज गर्दैनौ भनेर निर्णय गरिसकेका छन् । डिमर्जमा राष्ट्र बैंकले स्वीकृति गर्नुको विकल्प रहेन’ सहायक प्रवक्ता पण्डितले भने–‘सोमबारको बैठकले डिमर्जको स्वीकृति दिने निर्णय गरेको छ । तर माईन्यूट हुन ढिलाई भईराखेको छ ।’ पण्डित राष्ट बैंक संचालक समितिको बोर्ड सचिव पनि हुन् ।

स्रोतका अनुसार राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकमा मर्जर प्रक्रियामा गएका र राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति लिईसकेका बैंक तथा वित्तीय संस्थालाई मर्जर प्रक्रिया तोड्न सहज र खुला बाटो राख्न नहुने विषय जोडतोडका साथ उठेको छ । मर्जर प्रक्रियामा गईसकेपछि केहीले रातारात फाइदा लिने गरेको र केहीले धेरै मूल्य चुकाउनु परेकोले मर्जर तोड्नेहरुलाई कारवाही हुनुपर्ने आवाज उठेको छ ।

‘पर्याप्त तयारी र सुजबुजविना मर्जरको सम्झौता गर्ने, पछि सानासाना विषयमा असमझदारी सिर्जना गरेर मर्जर तोड्नेलाई कारवाही हुनुपर्छ भन्ने विचार आएको छ’ स्रोतले भन्यो ।

तर कस्तो कारवाही गर्ने र कसलाई कारवाही गर्ने भन्नेमा स्पष्ट विचार आएन । ‘माछापुच्छ्रे र जनता बैंक’ लाई कारवाहीको संकेत गर्ने ‘सचेत पत्र’ दिएर सेयर कारोबार खुला गर्न स्वीकृति दिनेमा संचालक समितिले निर्णय गरेको छ । माइन्यूट लेख्नलाई भने ढिलाई भएको स्रोतले बतायो ।

‘मर्जर प्रक्रियाप्रति बजारलाई गम्भिर बनाउन’ माछापुच्छ्रे र जनता बैंकको सेयर कारोबार लामो समय खुला नगर्ने विषय पनि उठेको हो । तर गभर्नर डा चिरञ्जीवि नेपालले ‘त्यसो गर्दा सर्बसाधारण लगानीकर्तालाई मर्का पर्छ, सञ्चालकहरुलाई सचेत गराउने काम हामीले गर्नुपर्छ’ भन्नु भयो, स्रोतले भन्यो ।

Share News