सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई कर तिर्न बोलायो

<p>काठमाडौँ, २२ असार । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर रकम बैंकमा जम्मा गर्न भनेको छ । सामान्यतय कम्पनीहरुले बोनस सेयर तथा नगद लाभांश वितरण गर्दा कर कट्टी गर्ने गरेकोमा यस बैंकले कर बाफतको रकम सेयरधनीसँग मागेको छ । बैंकको यस्तो कार्यशैली कानुनत ठिक भए पनि सेयरधनीहरुका लागि भने झन्झटिल भएको लगानीकर्ताहरु [&hellip;]</p>

काठमाडौँ, २२ असार । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर रकम बैंकमा जम्मा गर्न भनेको छ । सामान्यतय कम्पनीहरुले बोनस सेयर तथा नगद लाभांश वितरण गर्दा कर कट्टी गर्ने गरेकोमा यस बैंकले कर बाफतको रकम सेयरधनीसँग मागेको छ । बैंकको यस्तो कार्यशैली कानुनत ठिक भए पनि सेयरधनीहरुका लागि भने झन्झटिल भएको लगानीकर्ताहरु बताउँछन् ।

बैंकको कुनै पनि शाखा कार्यालयमा कर वापतको रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । गत चैत १४ गते सम्पन्न बार्षिक साधारण सभाले २०.८५ प्रतिशतका दरको बोनस सेयर दिने निर्णय गरेको थियो ।

साथै, बैंकले डिम्याट एकाउण्ट उपलब्ध भएको सेयरधनीलाई डिम्याट एकाउण्ट नं उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ । बोनस सेयर वितरण गर्दा लाग्ने कर वापतको रकम जम्मा गरिसकेका शेयरधनीहरुको खातामा बोनस सेयर सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचिकृत भए पश्चात् जम्मा गरिने छ । बैंकको सेयर रजिष्ट्रार एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड हो ।

Share News