नेपाल एग्रोलाई प्राप्ति गर्न इन्फिनिटी लघुवित्तले पायो अन्तिम स्वीकृति

<p>काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्नको लागि अन्तिम स्वीकृति पाएको छ । संस्थालाई नेपाल राष्ट्र बैंकले साउने १५ गते अन्तिम स्वीकृति दिएको हो । यससँगै संस्थाले कास्की जिल्लाको पोखरा विन्ध्यावासिनीस्थित केन्द्रीय कार्यालय रहेको नेपाल एग्रोलाई सेयर स्वाप अनुपात १ बराबर ०.९८ मा प्राप्ति गर्ने छ । यससँगै [&hellip;]</p>

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्नको लागि अन्तिम स्वीकृति पाएको छ । संस्थालाई नेपाल राष्ट्र बैंकले साउने १५ गते अन्तिम स्वीकृति दिएको हो ।

यससँगै संस्थाले कास्की जिल्लाको पोखरा विन्ध्यावासिनीस्थित केन्द्रीय कार्यालय रहेको नेपाल एग्रोलाई सेयर स्वाप अनुपात १ बराबर ०.९८ मा प्राप्ति गर्ने छ ।

यससँगै अबको एक महिनाभित्र संस्थालाई प्राप्ति गरी एकीकृत रुपमा वित्तीय कारोबार शुरु गरिसक्नु पर्नेछ ।

त्यस्तै, प्राप्ति पश्चात संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट नगरपालिका २ नवलपुरमा रहने छ ।

Share News