काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले बोर्डका अध्यक्ष तथा सञ्चालकलाई तत्काल निलम्बन गर्न माग गरेका छन् । यूनियनले बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना तथा सञ्चालक चन्द्रप्रसाद ढकाललाई तत्काल निलम्बन गरी छानबिनको प्रकृया अघि बढाई दोषी देखिए हदैसम्मको कारवाही गर्न माग गरेको हो ।
अध्यक्ष तथा सञ्चालकले बुक विल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा रहेको सर्वोतम सिमेन्टको सेयर खरिद गरेको भन्ने विषयमा छानबिन गर्न यूनियनकाे माग रहेकाे छ । यूनियनले आज (साउन १७ गते) एक विज्ञप्ति जारी गर्दै साे माग गरेकाे हाे ।
साथै, धितोपत्र बजार संरक्षण गर्दै पुँजीबजार नियाम निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउने कार्यमा संलग्नलाई तत्काल निलम्बन गर्न माग गर्दै ऐनको दफा ७, १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा कारवाही गर्न यूनियनको माग रहेको छ ।
धितोपत्र एनको प्रारम्भिक खण्डको दफा (२) परिभाषामा धितोपत्र र निष्कासन जस्ता शब्दको परिभाषाले संस्थापकलाई जारी गरिएको धितोपत्रलाई समेत जनाउने र बोर्डको कार्यक्षेत्र भित्रै पर्ने हुँदा, सञ्चार माध्यममा प्रकाशित विषयले बोर्डको अध्यक्षको इमान्दारिता, कानूनी प्रावधान र आचार संहिता अनुसार गम्भिर नैतिक पतन भएको देखिएको युनियनको भनाई छ ।
यस्तो छ विज्ञप्ति
