हाम्रो कम्पनी र कर्मचारीका विषयमा आएका समाचारमा भ्रामक: जनरल इन्स्योरेन्स

<p>काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले  विगत केही दिनयता बजारमा कम्पनी र कम्पनीका कर्मचारी सम्बन्धि आएको समाचार गलत भएकाे जनाएकाे छ ।  कम्पनीले नियमनकारी निकाय बीमा समितिको समेत नाम उल्लेख गरी कम्पनी र कम्पनीमा कार्यरत कर्मचारीको नामै उल्लेख गरी कपोकल्पित र भ्रामक समाचार दावी गरेकाे छ । इन्स्योरेन्सले साउन १८ गते एक विज्ञप्ति जारी गर्दै [&hellip;]</p>

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले  विगत केही दिनयता बजारमा कम्पनी र कम्पनीका कर्मचारी सम्बन्धि आएको समाचार गलत भएकाे जनाएकाे छ ।  कम्पनीले नियमनकारी निकाय बीमा समितिको समेत नाम उल्लेख गरी कम्पनी र कम्पनीमा कार्यरत कर्मचारीको नामै उल्लेख गरी कपोकल्पित र भ्रामक समाचार दावी गरेकाे छ ।

इन्स्योरेन्सले साउन १८ गते एक विज्ञप्ति जारी गर्दै उक्त समाचारमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । साथै, उक्त समाचारले लगानीकर्ता र ग्राहकको आस्थामा दिग्भ्रम सृजना गरी कर्मचारीको मनोबल गिराउने र काम गर्ने वातावरण नै बिथोल्ने काम भएको कम्पनीको भनाई छ ।

त्यसैले, त्यस्ता आधारहीन तथा अनर्गल समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै त्यसमा भ्रमित नहुन कम्पनीले आग्रह गरको छ ।

इन्स्योरेन्सले बीमा समितिबाट निर्जीवन बीमा सम्बन्धी व्यवसायिक कारोबार सञ्चालनको अनुमति प्राप्त गरी २०७५ असार ६ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको छ । कम्पनीमा विभिन्न व्यवसायिक घरानाका व्यक्तिहरु, विश्वसनीय विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न क्षेत्रमा विज्ञ व्यक्तिहरुको लगानी तथा प्रवद्र्धन रहेको छ ।

Share News