सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा बर्दियाको जोगीगाउँमा

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले साउन १५ गतेबाट उक्त स्थानमा आफ्नो १११ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्र बहादुर थारु लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखारहित बैंकिङ्गबाट निक्षेप [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले साउन १५ गतेबाट उक्त स्थानमा आफ्नो १११ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्र बहादुर थारु लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

बैंकले आफ्ना १८९ वटा शाखा, ११७ वटा एटीएम र १११ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News