आत्मनिर्भर लघुवित्तले पनि आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

<p>काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले पनि सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन(आईपीओ) जारी गर्ने भएको छ । दाङको घोराहीमा रजिष्ट्रार कार्यालय रहेको संस्थाले एक लाख ८० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । सो प्रयोजनको लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा काठमाडौंको कमलपोखरीस्थित रहेको सनराइज क्यापिटललाई नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धि द्धिपक्षीय [&hellip;]</p>

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले पनि सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन(आईपीओ) जारी गर्ने भएको छ । दाङको घोराहीमा रजिष्ट्रार कार्यालय रहेको संस्थाले एक लाख ८० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

सो प्रयोजनको लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा काठमाडौंको कमलपोखरीस्थित रहेको सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धि द्धिपक्षीय सम्झौतामा लघुवित्तको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सनराइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Share News