२६ अंकले बढ्यो सेयर बजार, यी हुन् बढी कमाउने १० कम्पनी

<p>काठमाडौं । मंगलबार सेयर बजार २६.०२ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ अंकमा पुगेमा पुगेको हो । मंगलबार नेप्से परिसूचकको यो नयाँ रेकर्ड पनि हो । आज २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर खरिद बिक्रीबाट कुल ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँ कारोबार [&hellip;]</p>

काठमाडौं । मंगलबार सेयर बजार २६.०२ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ अंकमा पुगेमा पुगेको हो । मंगलबार नेप्से परिसूचकको यो नयाँ रेकर्ड पनि हो ।

आज २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर खरिद बिक्रीबाट कुल ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँ कारोबार भएको छ । यो दिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थीर छ ।

आज पाँचथर पावर कम्पनी लिमिटेड, रुरु जलविद्युत, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो, लिवर्टी इनर्जी, स्वावलम्बन लघुवित्त, ग्रिन लाइफ हाइड्रो, अपी पावर र सीईबीडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी धेरै कमाउने कम्पनीको सूचीमा छन् ।

आज पाँचथर पावर कम्पनी र रुरु जलविद्युत कम्पनीको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

Share News