काठमाडौं । बुधबारको बजारमा विभिन्न ४ शीर्षकमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ । कारोबारमा आएका कूल २२५ कम्पनीमध्ये अपि पावर विभिन्न शीर्षकमा उच्च स्थानमा रहेको हो ।
नेपाल स्टकका अनुसार कम्पनी कारोबार रकम, कारोबार संख्या, किनबेच संख्या र कमाउनेको गरी कूल चार शीर्षकमा शीर्ष स्थानमा रहेको छ ।
बुधबारको बजारमा अपिको मात्रै ७९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन कूल कारोबारको ५ प्रतिशतभन्दा बढी हो । सो दिनको बजारमा २२५ कम्पनीको कूल १५ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
त्यस्तै, कारोबार संख्याको आधारमा पनि कम्पनीनै अगाडि देखिएको छ । कम्पनीको मात्रै १४ लाख ४७ हजार ६७२ कित्ता सेयर किनबेच भएको छ । जबकी समग्र बजारमा २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर किनबेच भएको थियो ।
त्यस्तै, धेरै पटक सेयर लेनदेनमा पनि अपि शीर्ष स्थानमा रहेको छ । बजारमा १ लाख ४४ हजार ८८७ पटकसम्म सेयर लेनदेन भएको देखिन्छ । त्यसमध्ये अपि पावरको मात्रै ५ हजार ९९४ पटकसम्म सेयर खरिदबिक्री भएको देखिन्छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । अपिको अधिकांश सेयर ब्रोकर नंम्बर ५८ (नासा सेक्यिुरिटज्) बाट खरिद भएको देखिन्छ ।
उता बढी कमाउनेको शीर्ष स्थानमा पनि अपि नै रहेको छ । बुधबारको बजारमा अपि पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ५६४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ५१.३० रुपैयाँ अर्थात १० प्रतिशतले बढी हो ।
३१४० बिन्दुसम्म पुगेको नेप्सेमा रेकर्ड ब्रेक, १० कम्पनीको मूल्यमा सर्किट
समग्रमा बुधबारको सेयर बजारमा नेप्से परिसूचकले नयाँ रेकर्ड राखेको छ । र, मंगलबारको तुलनामा कारोबार रकममा पनि ७ अर्ब बढीको वृद्धि भएको छ ।