सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

<p>काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन(आईपीओ)मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । साउन २० गतेदेखिनै निष्काशन गरेको उक्त सेयरमा पहिलो दिनमै २.२२ गुणाले ओभर सब्सक्राइब भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज अपरान्ह ५ बजेसम्म ७ लाख २८ हजार ८ सय ४० जनाले १ [&hellip;]</p>


काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन(आईपीओ)मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । साउन २० गतेदेखिनै निष्काशन गरेको उक्त सेयरमा पहिलो दिनमै २.२२ गुणाले ओभर सब्सक्राइब भएको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज अपरान्ह ५ बजेसम्म ७ लाख २८ हजार ८ सय ४० जनाले १ अर्ब २० करोड १८ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड २० लाख १८ हजार २ सय ६० कित्ता सेयरको लागि आवेदन दिईसकेका छन् । यो आइपिओमा निष्काशनको पहिलो दिन ५ बजेसम्मको तथ्यांकमा सेयर आवेदन गर्ने आवेदकको संख्या हालसम्मकै सबैभन्दा बढि रहेको छ ।

इन्स्योरेन्सले २० गतेबाट कूल ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

इन्स्योरेन्सको आइपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते आइतबारसम्म रहेको छ ।

सम्बन्धित समाचार

आईपीओ ल्याउन लागेको सानिमा लाइफले सेयर बजारमा मात्रै २१ करोड लगानी गर्ने

Share News