काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले एक वर्षको अवधिमा १०१.९७ प्रतिशत बढी नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको असार मसान्तसम्ममा ३४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले गत आवको सोही अवधिमा ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४९.२९ प्रतिशत बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । उता सञ्चालन नाफा भने ९.४६ प्रतिशतले घटेर ३८ करोड ३७ लाख रुपैयाँमा झरेको छ ।
समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १३०.५३ रुपैयाँले घटेको छ । अघिल्लो वर्ष २४३.८७ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी घटेर ११३.३४ रुपैयाँमा झरेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ३१५.२२ रुपैयाँ रहेको छ ।
हालै आईपीओ जारी गरेको संस्थाको चुक्ता पुँजी ३३४.५७ रुपैयाँले बढेर ६० करोड ८४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषको रकम १३७.६२ प्रतिशतले बढेर एक अर्ब ०९ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको निक्षेप ४३.८८ प्रतिशत र कर्जा लगानी ९१.८७ प्रतिशतले बढेर क्रमशः ८ अर्ब ९ करोड र २० अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । संस्थाको निष्कृय कर्जा पनि ०.३२ ले बढेर ०.६१ पुगेको छ ।