जीवन विकाससहित चार कम्पनीको सेयर मूल्यमा सर्किट, अपरको उच्च कारोबार

<p>काठमाडौं । बिहीबारको बजारमा विभिन्न ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोहोरो अंकको करेक्सन देखिएको बजारमा पनि जीवन विकाससहित ४ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो । सो दिन नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्सको सेयर सर्किट लेभलमा कारोबार भएको हो । जसमध्ये फाइनान्स समूहको नेपाल [&hellip;]</p>

काठमाडौं । बिहीबारको बजारमा विभिन्न ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोहोरो अंकको करेक्सन देखिएको बजारमा पनि जीवन विकाससहित ४ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।

सो दिन नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्सको सेयर सर्किट लेभलमा कारोबार भएको हो । जसमध्ये फाइनान्स समूहको नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२०.५० रुपैयाँ पुगेको छ ।

त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्तको सेयर मूल्य १०/१० प्रतिशतले बढेर प्रतिकित्ता ४४७.७० र १५०६.२० रुपैयाँ पुगेको छ । त्यसैगरी, यूनियन लाइफको सेयर मूल्य भने ९.९८ प्रतिशतले बढेर ४८२.७० रुपैयाँ पुगेको छ ।

बजारमा कूल २२६ कम्पनीको १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ३२ करोड रुपैयाँले घटी हो । अघिल्लो दिनको बजारमा कूल १५ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बिहीबारको बजारमा अपर तामाकोशी हाइड्रोको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ६५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य अघिल्लो दिनको तुलनामा सामान्य ०.८० रुपैयाँले बढेर प्रतिकित्ता ७६२ रुपैयाँ पुगेको छ ।

समग्रमा बिहीबारको बजार दोहोरो अंकले ओरालो लागेको छ । सो दिन सेयर कारोबार मापक नेप्से परिसूचक १६ बिन्दुले घटेर ३१०७.४५ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५१ प्रतिशतले घटी हो ।

सो दिन विकास बैंक बाहेक सबै समूह राताम्मे देखिएका छन् । विकास बैंक समूह भने ११० अंकले बढेर ५०२२ बिन्दुमा पुगेको छ । राताम्मे हुनेमा हाइड्रोपावर समूह सबैभन्दा बढी अर्थात ७६.३९ बिन्दुले घटेको छ ।

Share News