सिटिजन्स लाइफ इन्स्योरेन्सले हस्तान्तरण गर्यो मृत्यु दावी भुक्तानी

<p>काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापत १० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले चिसापानी सानाकिसान कृषि सहकारी संस्था बैजनाथ १ बाँकेकी ऋणसदस्य चन्द्रमाया थापाको मृत्यु बापत सो मात्राको रकम भुक्तानी गरेको हो । कम्पनीले उक्त संस्थाकी अध्यक्ष कुमारी मल्ललाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । साथै, कम्पनीले मृतक थापाको दहासस्कार [&hellip;]</p>

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापत १० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले चिसापानी सानाकिसान कृषि सहकारी संस्था बैजनाथ १ बाँकेकी ऋणसदस्य चन्द्रमाया थापाको मृत्यु बापत सो मात्राको रकम भुक्तानी गरेको हो ।

कम्पनीले उक्त संस्थाकी अध्यक्ष कुमारी मल्ललाई सो मात्राको रकम हस्तान्तरण गरेको हो ।

साथै, कम्पनीले मृतक थापाको दहासस्कार रकम बापत ४५ हजार रुपैयाँ बैजनाथ गाउपालिका वडा नम्बर १ का अध्यक्ष रुपबहादुर मल्ललाई हस्तान्तरण गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सका सीबीओ ध्वज बहादुर खड्काले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

Share News