काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद सेयर मुक्तिनाथ क्यापिटलले निष्काशन गर्ने भएको छ । कम्पनीले १ बराबर १.४७५२ अनुपातको हकप्रद सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त नियुक्तिसँगै क्यापिटलले कम्पनीको चुक्ता पुँजीको १४८।५२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने छ ।
हालै बोनस सेयर वितरण पश्चात कायम भएको चुक्ता पुँजीको सो प्रतिशत अर्थात ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।