काठमाडौं । श्रावण २० गतेबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक निष्काशनमा आवेदन दिनेको संख्या ६.८४ गुणाले बढी भएको छ । यो इन्स्योरेन्सको आइपिओकाे प्राथमिक निष्काशनमा परेको हाल सम्मकै उच्च आवेदन हो ।
कम्पनीको अनुसार निष्काशनको चौथो दिन आइतबार अपरान्ह ५ः०० बजेसम्म २४ लाख १९ हजार १ सय २७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता शेयरको लागि आवेदन परेको छ ।
निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।
इन्स्योरेन्सको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।