एशियन लाईफ इन्स्योरेन्सले एकैदिन काठमाडौंमा खोल्यो थप दुई शाखा

<p>काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा थप दुई शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको नयाँ बानेश्वर र चाबहिल चुच्चेपाटीमा क्रमशः ४१ औं र ४२ औं शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले खोलिएका उक्त शाखाहरु साउन २५ गतेदेखि सञ्चालनमा आएका छन् । उक्त शाखको उद्घाटन कम्पनीका [&hellip;]</p>

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा थप दुई शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको नयाँ बानेश्वर र चाबहिल चुच्चेपाटीमा क्रमशः ४१ औं र ४२ औं शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले खोलिएका उक्त शाखाहरु साउन २५ गतेदेखि सञ्चालनमा आएका छन् । उक्त शाखको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले गरेका हुन् ।

थप दुई शाखासहित योसँगै यस कम्पनीको शाखा संख्या ४२ र उपशाखा संख्या १०६ पुगेको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा काठमाण्डौं उपत्यकाभित्र थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने यस कम्पनीको लक्ष्य रहेको छ ।

त्यस्तै, कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन, म्यादी सहित २३ वटा बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । २०७८ असार समान्तसम्ममा यस कम्पनीको जीवन बीमा कोष २६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र बागमती प्रदेश प्रमुख लोकराज जोशीको समेत उपस्थिति थियो ।

Share News