काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले २०७८ असारसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साउन २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ७३ करोड ३२ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीले बोनस पश्चात कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई सभाले पारित गरेपश्चात कम्पनीको चुक्ता पुँजी १२ करोड ९ लाख रुपैयाँ पुग्ने छ ।