उल्लेख्य उपकरण नभएकोले लघुबीमा सेवा प्रदान गर्न सकिएन: अर्थमन्त्री

<p>काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले साना मझौला तथा घरेलु व्यवसायीको संरक्षणको लागि आवश्यकता अनुसार लघुबीमा सेवा प्रदान गर्न नसकिएको बताएका छन् । मंगलबार आर्थिक श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले बीमाको क्षेत्र तथा बीमा सेवाका उपकरणहरुमा पर्याप्त विविधिकरण भई नसकेका कारण उक्त सेवा प्रदान गर्न नसकिएको बताएका हुन् । उनले जनसंख्याको ठूलो हिस्सा बीमा सेवाको पहुँचबाट [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले साना मझौला तथा घरेलु व्यवसायीको संरक्षणको लागि आवश्यकता अनुसार लघुबीमा सेवा प्रदान गर्न नसकिएको बताएका छन् । मंगलबार आर्थिक श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले बीमाको क्षेत्र तथा बीमा सेवाका उपकरणहरुमा पर्याप्त विविधिकरण भई नसकेका कारण उक्त सेवा प्रदान गर्न नसकिएको बताएका हुन् ।

उनले जनसंख्याको ठूलो हिस्सा बीमा सेवाको पहुँचबाट बाहिर रहेको अवस्थामा रहेकाे बताएका छन् । उपलब्ध पछिल्लो तथ्याङ्कानुसार आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा २७.० प्रतिशत जनसंख्यामा मात्र बीमाको पहुँच पुगेको उनले बताए ।

साथै, हालसम्म बीमा कम्पनीहरुले बीमा प्रिमियम बापत १ खर्ब ५३ अर्ब रुपैयाँ परिचालन गरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा कुल बीमामा लघुबीमाको अनुपात ६.० प्रतिशत रहेको छ।

Share News