काठमाडाैं । सानिमा लाइफ इन्स्याेरेन्स ९३ लाख रुपैयाँकाे मृत्यु दाबी भुक्तानी गरेकाे छ ।
कम्पनीले बिमित प्रकाश पुडासैनीको असामयिक निधन हुन गएकोमा निजको हकवाला श्रीमतीको नाममा दाबी भुक्तानी ९३ लाख ५२ हजार ५०० रुपैयाँ प्रदान गरेकाे हाे ।
उक्त दाबी रकम कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठले मृतक पुडासैनीकी श्रीमती सुवार्ना थापालाई चेक हस्तान्तरण गरेका थिए ।