‘ब्रोकरहरुले मनलाग्दी गरे, बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिनु पर्यो’

<p>काठमाडौं । प्रतिनिधिसभा बैठकमा सीमित ब्रोकरहरुले मनलाग्दी काम गरेको आरोप लागेको छ । मंगलबार बोलाइएको बैठकमा सासंद पार्वता डिसी चौधरीले हाल ब्रोकरहरुले मनलाग्दी किसिमले काम गरेको बताउँदै बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स दिनु पर्ने बताएकी हुन् । ‘पछिल्लो समय सेयर बजारमा आम युवा तथा साधारण व्यक्तिको आकर्षण बढेको छ, केही ब्रोकरहरुले आफु निकटकाहरुको डिम्याट खाता खोेलेर [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सीमित ब्रोकरहरुले मनलाग्दी काम गरेको आरोप लागेको छ । मंगलबार बोलाइएको बैठकमा सासंद पार्वता डिसी चौधरीले हाल ब्रोकरहरुले मनलाग्दी किसिमले काम गरेको बताउँदै बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स दिनु पर्ने बताएकी हुन् ।

‘पछिल्लो समय सेयर बजारमा आम युवा तथा साधारण व्यक्तिको आकर्षण बढेको छ, केही ब्रोकरहरुले आफु निकटकाहरुको डिम्याट खाता खोेलेर सेयर कारोबार गरिरहेका छन्, जसको कारण सर्वसाधारणले सेवाबाट बञ्चित हुनु परेको छ, सेवा सहज रुपमा पाउनको लागि बैंकहरुलाई पनि ब्रोकर लाइसेनस दिनु पर्छ,’ उनले भनिन् ।
उनको जवाफ दिँदै अर्थमन्त्री जनार्दशन शर्माले सरकारले पूँजी बजारलाई पारदर्शीर प्रविधिमैत्री बनाउन विशेष काम गरिरहेको बताए । ‘मैले श्वेतपत्रमा पनि सेयर बजारको बारेमा उल्लेख गरेको छु, सेयर बजारमा साना लगानीकर्ताको आकर्षण बढाउनु पर्ने र सेयर बजार पारदर्शी बनाउनु पर्ने बारे हामी सजक र सर्तक छौं,’ उनले भने ।

Share News