ओरिएण्टल इन्स्योरेन्सको नविकरण बीमा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

<p>काठमाडाैं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याईएको कम्पनीले जनाएकाे छ । सन् १९४७ मा स्थापना भएको ओरिएण्टल इन्स्योरेन्स निर्जीवन इन्स्योरेन्स कम्पनी [&hellip;]</p>

काठमाडाैं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याईएको कम्पनीले जनाएकाे छ ।

सन् १९४७ मा स्थापना भएको ओरिएण्टल इन्स्योरेन्स निर्जीवन इन्स्योरेन्स कम्पनी हो जसले नेपालमा सन् १९५६ देखि ग्राहकहरुलाई निरन्तर रुपमा बीमा सम्बन्धि सुविधा प्रदान गर्दै आइरहेको छ ।

यसको मुख्यालय भारतको राजधानी नयाँ दिल्लीमा रहेको छ । स्तरीय सुविधा बाट ग्राहकहरुको सेवा गर्नु यसको मुख्य उद्देश्य रहेको छ ।

यो सुविधा कार्यान्वयनमा आए सँगै अब ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ ।

कोरोना महामारीको कारण धेरै उद्योगहरुले भुक्तानी संकलन गर्न समस्या झेलिरहेको बेला घरमै बसी इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्ने सुविधा ग्राहकहरुलाई दिन पाउँदा खल्ती डिजिटल वालेट उत्साहित रहेको मर्चन्ट एक्युजिसनकी वरिष्ठ अधिकारी सजनी महर्जनले बताएकी छिन् ।

 

Share News