आइएमई लाइफले गर्याे २५ लाखकाे घातक रोग दाबी भुक्तानी

<p>काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले २५ लाख रुपैयाँकाे घातक रोग दाबी भुक्तानी गरेकाे छ । कम्पनीकाे प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयले आइएमई धन सरिता ( वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोग को रक्षावरण समेत हुने गरी बीमित हिमाल पौडेललाई रकम भुक्तानी गरकाे हाे । बीमा गरेको करिब १४ महिनाको अवधिमा [&hellip;]</p>

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले २५ लाख रुपैयाँकाे घातक रोग दाबी भुक्तानी गरेकाे छ ।

कम्पनीकाे प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयले आइएमई धन सरिता ( वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोग को रक्षावरण समेत हुने गरी बीमित हिमाल पौडेललाई रकम भुक्तानी गरकाे हाे ।

बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । निवेदन प्राप्त भएको १५ दिनभित्र कम्पनीले उक्त दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ ।

 

Share News