सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै खुद नाफा पनि बढ्यो

<p>काठमाडौं । सूर्या लाइफ इन्स्यारेन्सले गत असार मसान्तसम्म ४ अर्ब १८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.९७ प्रतिशत वृद्धि हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा २ अर्ब ८४ करोड रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै, खुद नाफा २३.०१ [&hellip;]</p>

काठमाडौं । सूर्या लाइफ इन्स्यारेन्सले गत असार मसान्तसम्म ४ अर्ब १८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.९७ प्रतिशत वृद्धि हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा २ अर्ब ८४ करोड रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, खुद नाफा २३.०१ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २६ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत आवमा ३२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

खुद नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेर १४.२९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.९ रुपैयाँ बढी हो । त्यस्तै, मूल्य आम्दानी अनुपात ३६.५४ गुणा प्रतिसेयर नेटवर्थ १३२.३९ रुपैयाँ रहेको छ ।

त्यस्तै,चुक्ता पुँजी र जगेडा कोषको रकम दुबै बढेको छ । त्यसैगरी, जीवन बीमा कोष ४३.५४ प्रतिशत र महाविपत्ति कोष ३३.७८ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीले सो अवधिसम्ममा जीवन बीमा धितो बापत १ अर्ब १६ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरी १० लाख ८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

Share News