साना लगानीकर्तालाई सेयर कर्जा प्रोत्साहित, ठूलालाई बढीमा ४ करोड

<p>काठमाडौैं । नेपाल राष्ट्र बैंकले सेयर बजारका साना लगानीकर्तालाई कर्जा प्रवाहमा प्रोत्साहित गर्ने नीति लिएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले ठूला लगानीकर्तामा प्रवाह हुने सेयर कर्जा नियन्त्रण गर्न सीमा तोकेका छन् । एक व्यक्तिले बढीमा ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था [&hellip;]</p>

काठमाडौैं । नेपाल राष्ट्र बैंकले सेयर बजारका साना लगानीकर्तालाई कर्जा प्रवाहमा प्रोत्साहित गर्ने नीति लिएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले ठूला लगानीकर्तामा प्रवाह हुने सेयर कर्जा नियन्त्रण गर्न सीमा तोकेका छन् ।

एक व्यक्तिले बढीमा ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरिएको गभर्नर अधिकारीले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गर्ने सेयर धितो कर्जा साना लगानीकर्तालाई प्रोत्साहित गर्ने उदेश्यले यस्तो व्यवस्था गरिएको उनले बताए ।

सेयरधितो मूल्यांकन विधि पुरानै हुने उनले बताए । १८० दिनेको औषत मूल्यको ७० प्रतिशतसम्म सेयर धितो कर्जा प्रवाह गर्ने नीति राष्ट्र बैंकले लिएको छ ।

Share News