सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, कसरी हेर्ने ?

<p>काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज (असार ३० गते शनिबार) आईपिओ बाँडफाँड गरेको हो । क्यापिटलकाे अनुसार कम्पनीको आईपिओमा कुल २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन मध्ये १ लाख ०६ हजार २ सय ९२ आवेदन रद्ध भएकाे छ । रद्द भएपछि बाँकि रहेका २३ लाख ०८ हजार [&hellip;]</p>

काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज (असार ३० गते शनिबार) आईपिओ बाँडफाँड गरेको हो ।

क्यापिटलकाे अनुसार कम्पनीको आईपिओमा कुल २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन मध्ये १ लाख ०६ हजार २ सय ९२ आवेदन रद्ध भएकाे छ ।

रद्द भएपछि बाँकि रहेका २३ लाख ०८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।

इन्स्योरेन्सले २० गतेबाट कूल ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियाे ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com र तथा सिडिएससिको वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएकाे छ ।

Share News