सेयर बजारमा पहिरो, दुई समूहबाहेक सबै राताम्मे

<p>काठमाडौं । आइतबारको सेयर बजारमा पहिरो लागेको छ । नियमित कारोबार खुलेको पौने दुई घण्टामै सेयर कारोबारमा मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । दिउँसो १२ बजेर ३९ मिनेट जाँदा नेप्से परिसूचक ७३ अंकले घटेर ३१०५ बिन्दुुसम्म झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा २ प्रतिशतभन्दा बढी हो । यो समाचार तयार पार्दासम्म बजारमा [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजारमा पहिरो लागेको छ । नियमित कारोबार खुलेको पौने दुई घण्टामै सेयर कारोबारमा मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ ।

दिउँसो १२ बजेर ३९ मिनेट जाँदा नेप्से परिसूचक ७३ अंकले घटेर ३१०५ बिन्दुुसम्म झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा २ प्रतिशतभन्दा बढी हो ।

यो समाचार तयार पार्दासम्म बजारमा ९ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिसम्ममा २१५ कम्पनीको एक करोड ५८ लाख ७० हजार २९७ कित्ता सेयर किनबेच भइरहेको छ ।

दुई समूहबाहेक बाँकी समूह राताम्मे देखिएका छन् । उत्पादनमूलक र माइक्रोफाइनान्स समूह क्रमशः १०८ र २२ अंकले बढेका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।

Share News